४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलबाट २ जना ब्राउन सुगरको कारोबारे पक्राउ



बुटवल । प्रहरीले बुटवल उप-महानगर १५ सेमलारबाट २ जना लागु औषध ब्राउनसुगरका कारोबारेलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलिले बुटवल उप-मानगरपालिका वडा नं। १५ सेमलारबाट ७०० मिलीग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय सकुन्तला मानन्धर र विपिन छन्त्याल रहेका छन् । उनीहरुबाट ७०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । लागु औषध कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटाइएकोमा मानन्धर र छन्त्याललाई फेला पारी निजहरुको शरिर खानतलासी लिँदा निजहरुको साथबाट लागु औषध ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

पक्राउ परेकाहरुलाई लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको