१६ बैशाख २०८३, बुधबार | April 29, 2026

सहकारी समस्या समाधानकाे ‘आइडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस्- रवि लामिछाने



काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाएका छन्।

आज (मंगलबार) काठमाडौँको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुःख दिने काम गरेको आरोप लगाएका हुन्।

‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितका लागि न्याय दिनुपर्‍यो, सहकारी पीडितहरुका लागि काम गर्नु पर्‍यो, यी सहकारीबाट भागेकाहरुलाई समातेर भए पनि यिनको सम्पत्ति अहिलै कब्जा गरेर, कानुन ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नु पर्‍यो भनेर लागिपरेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्यो,’ लामिछानेले भने, ‘तर, उहाँको ध्यान त यल्लाई चाहिँ छोड्नु भएन, केही भेटिन्छ कि यता खोज्नुस् त्यहाँ खोज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयो।’

उनले यति समय सरकारले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य क्षमतावान मान्छेहरु राख्ने र राज्यले काम गर्ने गरेको भए पीडितहरुले न्याय पाइसकेको हुने बताए। ‘मेरो लागि खर्चिएको समय पीडितका लागि खर्चिएको भए पीडितलाई न्याय दिन सकिन्थ्यो,’ रविले भने, ‘अझै पनि आइडिया चाहिन्छ भने सम्पर्क राख्नुहोस् हामी भन्दिन्छौँ। सहकार्य गर्ने हो भने हामी तयार छौँ।’

उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३० बजे

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष