१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सहकारी समस्या समाधानकाे ‘आइडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस्- रवि लामिछाने



काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाएका छन्।

आज (मंगलबार) काठमाडौँको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुःख दिने काम गरेको आरोप लगाएका हुन्।

‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितका लागि न्याय दिनुपर्‍यो, सहकारी पीडितहरुका लागि काम गर्नु पर्‍यो, यी सहकारीबाट भागेकाहरुलाई समातेर भए पनि यिनको सम्पत्ति अहिलै कब्जा गरेर, कानुन ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नु पर्‍यो भनेर लागिपरेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्यो,’ लामिछानेले भने, ‘तर, उहाँको ध्यान त यल्लाई चाहिँ छोड्नु भएन, केही भेटिन्छ कि यता खोज्नुस् त्यहाँ खोज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयो।’

उनले यति समय सरकारले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य क्षमतावान मान्छेहरु राख्ने र राज्यले काम गर्ने गरेको भए पीडितहरुले न्याय पाइसकेको हुने बताए। ‘मेरो लागि खर्चिएको समय पीडितका लागि खर्चिएको भए पीडितलाई न्याय दिन सकिन्थ्यो,’ रविले भने, ‘अझै पनि आइडिया चाहिन्छ भने सम्पर्क राख्नुहोस् हामी भन्दिन्छौँ। सहकार्य गर्ने हो भने हामी तयार छौँ।’

उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान