५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रियसभा निर्वाचनबारे सत्तासाझेदार दलको बैठक, कोशी प्रदेशमा पराजित हुनु अप्रत्याशित



काठमाडौं । सत्तासाझेदार दलले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् । प्रधानमन्त्रीको निवासमा आज साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिए । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”, उनले भने ।

बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत निकालेको छ । कोशी प्रदेशको परिणाम अप्रत्याशित भएकाले त्यसमा गम्भीर छलफल गर्नुपर्ने उनले बताए ।

नेता लेखकले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको उम्मेदवार पराजयको विषयले गठबन्धनको समिकरणमा फरक नपर्ने बताए । “गठबन्धनका उम्मेदवार पराजयको विषयप्रति प्रारम्भिक छलफल भएको छ, गठबन्धन एकजुट छ, यसले गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन”, नेता लेखकले भने ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ३९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य