२९ भदौ २०८३, सोमबार | September 15, 2026

तिलोत्तमा ५ मा निशुल्क स्वास्थ्य शिविर शुरु



तिलोत्तमा । तिलोत्तमा नगरपालिका एवं आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा वडा न ५ को आयोजनामा निशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ ।

जेष्ठ नागरिक एवं अपाङ्गता लक्षित स्वास्थ्य शिबिर आगामी माघ २६ गतेसम्म संचालन हुने वडा सदस्य हिरा गिरि डायमण्डले जानकारी दिए । शिबिरको बुधबार एक कार्यक्रमका बीच उद्घघाटन गर्दै तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले अबको १० दिनसम्म टोल टोलमा पुगेर असक्त, असहाय, जेष्ठ नागरिक एवं अपाङ्गता भएका वडाबासीको उपचार गरिने बताए ।

सरस्वती टोलस्थित सरस्वति पन्चायतन मन्दिरमा आयोजित शिबिर उद्घघाटन कार्यक्रममा बोल्दै आधारभूत स्वास्थ्य चौकी इन्चार्ज गणेश प्रसाद भण्डारीले शिविरमा प्रेसर सुगर लगायत विभिन्न सरुवा तथा नसर्ने रोगहरुको परिक्षण गरिने जनाए ।

भण्डारीले चेकजाँचका साथै औषधि समेत वितरण गरिने भएकाले पुन्यको काममा सरिक हुन वडावासीलाई आग्रह गरेका छन । सो अवसरमा तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रे, वडा सदस्यहरु हिरा गिरि डायमण्ड, हरि पन्त, आधारभूत स्वास्थ्य चौकी इन्चार्ज गणेश प्रसाद भण्डारी, शान्ति नमुना माविका प्रअ कुल प्रसाद लामिछाने, तिलोत्तमा नगरपालिका सामाजिक बिकाश शाखाका सम्झना भण्डारी, सरस्वति टोल बिकाश संस्थाका अध्यक्ष डिल्लीराज पाण्डे, ग्रेस फार्मेसीका संचालक सुरज भट्टराई लगायतको सहभागिता रहेको थियो ।

पहिलो दिन ५० जनाको स्वास्थ्य चेकजाच गरिएको स्वास्थ्य शिबिरमा ग्रेस फार्मेसीले ५० हजार बराबरको निशुल्क मेडिकल सामग्री प्रदान गरेको तिलोत्तमा वडा न ५ को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ३३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ