१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तिलोत्तमा ५ मा निशुल्क स्वास्थ्य शिविर शुरु



तिलोत्तमा । तिलोत्तमा नगरपालिका एवं आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा वडा न ५ को आयोजनामा निशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ ।

जेष्ठ नागरिक एवं अपाङ्गता लक्षित स्वास्थ्य शिबिर आगामी माघ २६ गतेसम्म संचालन हुने वडा सदस्य हिरा गिरि डायमण्डले जानकारी दिए । शिबिरको बुधबार एक कार्यक्रमका बीच उद्घघाटन गर्दै तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले अबको १० दिनसम्म टोल टोलमा पुगेर असक्त, असहाय, जेष्ठ नागरिक एवं अपाङ्गता भएका वडाबासीको उपचार गरिने बताए ।

सरस्वती टोलस्थित सरस्वति पन्चायतन मन्दिरमा आयोजित शिबिर उद्घघाटन कार्यक्रममा बोल्दै आधारभूत स्वास्थ्य चौकी इन्चार्ज गणेश प्रसाद भण्डारीले शिविरमा प्रेसर सुगर लगायत विभिन्न सरुवा तथा नसर्ने रोगहरुको परिक्षण गरिने जनाए ।

भण्डारीले चेकजाँचका साथै औषधि समेत वितरण गरिने भएकाले पुन्यको काममा सरिक हुन वडावासीलाई आग्रह गरेका छन । सो अवसरमा तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रे, वडा सदस्यहरु हिरा गिरि डायमण्ड, हरि पन्त, आधारभूत स्वास्थ्य चौकी इन्चार्ज गणेश प्रसाद भण्डारी, शान्ति नमुना माविका प्रअ कुल प्रसाद लामिछाने, तिलोत्तमा नगरपालिका सामाजिक बिकाश शाखाका सम्झना भण्डारी, सरस्वति टोल बिकाश संस्थाका अध्यक्ष डिल्लीराज पाण्डे, ग्रेस फार्मेसीका संचालक सुरज भट्टराई लगायतको सहभागिता रहेको थियो ।

पहिलो दिन ५० जनाको स्वास्थ्य चेकजाच गरिएको स्वास्थ्य शिबिरमा ग्रेस फार्मेसीले ५० हजार बराबरको निशुल्क मेडिकल सामग्री प्रदान गरेको तिलोत्तमा वडा न ५ को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ३३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्