३१ बैशाख २०८१, सोमबार | May 13, 2024

देवदहको ढेकावरमा अस्थायी प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन



बुटवल । शान्ति बिना देश समाजको विकास हुन नसक्ने देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले बताएका छन । उनले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनको मात्र नभई आम नागरिकको समेत दायित्व भएकोमा जोड दिएका छन । अस्थायी प्रहरी चौकी ढेकावरको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख खरेलले उक्त कुरा बताएका हुन ।

नगर प्रमुख खरेलले देवदह नगरपालिका-१, ढेकावरमा अस्थाई प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सहज भएको बताए । उनले देवदह क्षेत्रमा धेरै अपराधिक क्रियाकलाप हुने भएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि देवदहमा ईलाका प्रहरी कार्यालय आवश्यक रहेको औल्याउदै त्यसको लागि पहल गरिदिन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतलाई आग्रह गरे ।

उनले लागु औषध, विभिन्न अपराधिक क्रियाकलाप अन्त्यको लागि देवदह क्षेत्रका केही स्थानमा प्रहरी विट राख्न आवश्यक रहेको बताए । सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले नागरिक र प्रहरीको सहकार्यले मात्र शान्ति कायम गर्न सकिनेमा जोड दिइन । उनले पछिल्लो समय देवदह क्षेत्रमा चोरीका घटनाहरु बढिरहेको बताउदै चोरीका घटना न्यूनिकरण गर्न र चोरी गर्नेलाई प्रक्राउ गरी कार्यवाही गर्न प्रशासन लाग्नु पर्नेमा जोड दिइन ।

यसैगरी लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले नागरिकको प्रहरी प्रति विश्वास बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रहरी सुरक्षित भएमात्र नागरिक र समाजको सुरक्षा प्रदान गर्न सकिनेमा जोड दिए । उनले सुरक्षा प्रदान गर्न प्रहरी प्रशासनको काम भएकोले नागरिक प्रति उत्तरदायित्व भएर सेवा प्रदान गर्न आग्रह गरे ।

उनले नागरिक र प्रहरी प्रशासनको सहकार्यले मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताउदै लुम्बिनी प्रदेशको सुरक्षाको काममा लागिरहेको दावी गरे । कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकले देवदहको शान्ति सुरक्षा कायम गर्नको लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए । उनले देवदह नगरपालिकाको करिब १८ लाख र स्थानियहरुको आर्थिक सहयोगमा प्रहरी चौकीको भवन निर्माण गरिएको जानकारी दिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यालय रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर कुवर, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले आ-आफना भनाई राखेको कार्यक्रमको संचालन ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ५३ बजे

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका