२ भदौ २०८३, मंगलबार | August 19, 2026

यू-१९ क्रिकेट विश्वकप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ । सुपर सिक्सको पहिलो खेल गुमाइसकेको नेपाल भारतसँगको खेलपछि जित वा हार जे भए पनि घर फर्किनेछ ।

विश्वकपमा नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए ।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपाल बंगलादेशसँग ५ विकेटको पराजित भएसँगै नेपालको अर्को चरणमा जाने सम्भावना सकिइसकेको थियो ।

भारतले भने सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन् ।

सुपर सिक्सको समूह १ बाट नेपाल सहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो । आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : १३ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति