२६ बैशाख २०८१, बुधबार | May 9, 2024

यती एयरलाइन्सले थप्यो २ वटा ७२ सिटको जहाज



काठमाडौं ।  यती एयरलाइन्सले नेपाली आकाशका लागि एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर ७२–५००’ सिरिजको जहाज थप गरेको हो।

थप भएको जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।

हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।

यद्देपी नेपाली विमान कम्पनी यती एयरलाइन्स सन् २०२४ मा हवाई यात्रुहरूले चढ्न नहुने विमान कम्पनीको सूचीमा परेको छ।

टिकर न्युज डट कोले सोमबार सार्वजनिक गरेको यस्तो सूचीमा समावेश विश्वका तीन विमान कम्पनीमा नेपालको यती एयरलाइन्स पनि परेको हो।

इन्डोनेसियाको लायर एयर, नेपालको यती एयरलाइन्स र पपुवा न्यु गिनीको पीएनजी एयर चढ्न नहुने हवाई कम्पनीमा परेका हुन्।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : १४ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s