३ भदौ २०८३, बुधबार | August 19, 2026

सरकारको ज्यादती र विकास विरोधी नीति विरुद्ध आन्दोलित हुन विष्णु पौडेलको आह्वान



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले युवाहरुले सरकारलाई दवाव दिनुपर्ने भएको बताएका छन् । एमाले निकट राष्ट्रिय युवासंघ रुपन्दहीको प्रचार बिभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृतिमा फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेता पौडेलले सरकारको ज्यादती र विकास बिरोधी नीतिको विरुद्ध युवाहरुले सडकबाट दवाव दिनुपर्ने भएको बताएका हुन् ।

उनले देशको परिस्थिती झनझन जटिल अवस्थामा पुगेको बताउँदै गठवन्धन सरकारले युवा र जनता आवश्यकता पुरा गर्नुको सट्टा बिकास बिरोधी गतिबिधि गरेको आरोप लगाए । उनले दैनिक रुपमा युवाहरु बिदेश पलायन हुने अबस्था गठबन्धन सरकारकै कारण सिजर्ना भएको बताए ।

‘सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु बिदेश पलायन हुने अबस्था आएको हो ।’ उनले भने । युवाहरुलाई स्वदेशमै रोजगारीको बातावरण सिजर्ना गर्न युवाहरुले सडकबाट सरकारलाई दवाव दिनुपर्ने उनको भनाई छ ।

युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि सक्षम हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै स्व. परमानन्द खरेलका छोरा किरण खरेलले खेलको माध्यमबाट युवा संघले बाबाले समाजमा गरेको योगदानको जिवन्त बनाउने काम गरेको उल्लेख गरे ।

युवा संघ रुपन्देही सचिव दिपेस कंडेलको अध्यक्षता, इश्वर पौडलेको सन्चालनमा भएको उदघाटन सत्रमा खेल संयोजक शंकर पाण्डेले स्वागत गरेका थिए।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ४८ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार