५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा



बुटवल । पश्चिम नेपामलकै गौरवकारुपमा रहेको मणिमुुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको नवौं सृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको मुख्य आयोजक मणिमुकुन्द भलिबल क्लबले आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

आयोजकका अनुसार प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवर्द्धन र मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन, तिलोत्तमा नगरपालिका र सहारा ईन्जिनियरिङ प्रालिको विशेष सहयोगमा संचालन हुने प्रतियोगिता माघ २६ गतेबाट शुरु हुने छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले प्रतियोगिताको टिम दर्ता, मैदान तयारी, प्याराफिट निर्माण लगायत सम्पुर्ण तयारी पूरा भएको बताए । प्रतियोगितामा ३ हजार दर्शक अट्न सक्ने क्षमताको प्याराफिट तयार भएको जानकारी दिँदै उनले लिग कम नकआउटका आधारमा खेलाईने खेलमा २४ वटा म्याच हुने बताए ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिने २ सय जना खेलाडीलाई १ लाख रुपैया बराबरको बीमा समेत गरिएको छ । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिम प्रदेश भलिबल संघसहित त्रिभुवन आर्मि क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब गरि १० टिमले भाग लिने भएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले एक दशक पछि राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको उल्लेख गर्दै प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । प्रदेशमा पछिल्लो समय खेल गतिविधिको बढेको उनले दाबी गरे । ‘ रोकिएका एक दर्जन बढी राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।’–उनले भने, भर्खरमात्र २५ वर्षपछि नेपालगंजमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

पुर्वाधार विकासमा स्थानीय सरकारको प्रमुख ध्यान जानुपर्ने भन्दै यसमा प्रदेश र संघको सहयोग निरन्तर रहने उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीले नगरकै गौरब बढाउने गरि आयोजना हुन लागेको प्रतियोगितालाई स्थानीय सरकारबाट सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

प्रतियोगिता अवधिभर नगरपालिकाबाट सुरक्षा, एम्बुलेन्स र स्वस्थ्यकर्मी ब्यवस्था गरिने उनले बताईन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङ, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, रेफ्रि कमिसन संयोजक बुद्धि बश्याललगायतले सबै पक्षको सहयोगबाट नै प्रतियोगिता सफल हुने बताए ।

प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र, द्धितिय पुरस्कार नगद १ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।

यसैगरि तृतिय टिमले नगद १ लाख रुपैया तथा सान्त्वना टिमले नगद ५० हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार विधागत सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप, मेडल तथा उत्कृष्ट स्पाईकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स, प्रशिक्षक, अनुशासित र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैया, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ३१ बजे

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी

आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

श्रीलंकाको शानदार जित, अस्ट्रेलियालाई हराउँदै सुपर आठमा प्रवेश

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणको महत्वपूर्ण खेलमा

निर्वाचन आउन १६ दिन बाँकी : बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका