२४ माघ २०८२, शनिबार | February 7, 2026

गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड


२० माघ २०८०, शनिबार  

338
Shares

बागलुङ । एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढाटाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन् ।

स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन् । भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन । सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ । सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन् ।

ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ । ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताए । आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उहाँको भनाइ छ । सबैभन्दा बढी जङ्गलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पु¥याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताए । गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक रु ४० हजार बढी कमाउने गरेको उनले सुनाए ।

“हाम्रोपालामा मोटर गाडी चल्दैनथे, बाटो पनि गतिलो थिएन, अहिले जहाँ पनि गाडी चल्छन्, त्यहीँ भएर बजारतिर जानै छाडियो, भएका घोडा बेच्न खोजे पनि कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनुप¥यो भनेर मल र घाँस बोकाउने गरेको छु”, उनले भने, “गाउँमा मेरोमात्रै होइन अरु धेरैका घोडा खच्चड छन्, पहिले त घोडा खच्चड हुने मान्छे धनीमानी मानिन्थे, अहिले केही महत्व छैन ।”

गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताउनुभयो । अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पु¥याउनै गाह्रो पर्ने बताए। पहिले सामान ढुवानी गर्ने काम पाउँदा दाना किनेर खुवाउने गरे पनि अहिले घाँससमेत खुवाउन नसक्ने स्थिति आएको विक बताउँछन् ।

उनले भने, “घाँस खुवाएर पाल्नै गाह्रो छ, उत्पादन केही छैन, त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु, टाढा जानुप¥यो भने एउटा घोडा पनि छ, त्यहीमा चढेर जान्छु, हाम्रो बाउबाजेले घोडा पालेर परिवार चलाउथे, अहिले हामीहरुलाई घोडा पाल्न गाह्रो छ ।”

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १ : ३४ बजे

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा