२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

मेयर कप अन्तर विद्यालय फुटबल : सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा



नेपालगन्ज । नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

जय बागेश्वरीले ड्रिमल्याण्डलाई १–० गोलले पराजित गरेको छ । खेल शुरु भएको ७ औं मिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निर्णायक भएको थियो । यो खेलमा साउद नै म्यानअफ द म्याच भए । उनलाई नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय बर्मा र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेका सल्लाहकार ललित रौनियारले पुरस्कृत गरे ।

अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २–१ गोलले पराजित ग¥यो । १२ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रता लिएको थियो । ४५ मिनेटमा विपिन खड्काले गोल गर्दै टीमको अग्रता अझ बढाए ।

सेन्ट थोमसका निशान्त न्यौपानेले ५५ मिनेटमा गोल गरेका थिए । अन्तिम तिर गोल गरेर आक्रामक बनेको सेन्ट थोमसले त्यसपछिका अवसर खेर फाल्दा पराजित हुन पुग्यो । यो खेलमा सेन्ट जेभियर्सका निशान्त शाही म्यादअफ द म्याच भए । उनलाई लुम्बिनी प्रदेशका सांसद दुर्गाबहादुर चौधरीले पुरस्कृत गरे ।

प्रतियोगितामा २८ वटा स्कूलले भागलिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को एन्फा ग्रासरुट टे«निङ सेन्टरमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ४८ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र