३ श्रावण २०८२, शनिबार | July 20, 2025

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवलमा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै



बुटवल । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले भोलि (बिहीबार) देखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

संयोजक पियाका अनुसार प्रतियोगिताको बिहीबार बिहान ११ बजे देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन्।

उद्घाटन खेल न्यु होराइजन मावि र तिलोत्तमा माविका बीचमा मध्यान्ह १२ बजे फिफा टेक्निकल सेन्टरको मैदानमा हुने छ। यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेड, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचको खेल फिफा टेक्निकल सेन्टरमा हुनेछ। बिहीबार नै जवई खेल मैदानमा सरस्वती मावि र ज्ञानपुञ्ज मावि, नवीन औद्योगिक र बुटवल ग्लोरीका बीचमा खेल हुनेछ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८(१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गरिने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८(८ हजारका दरले पुरस्कार पाउनेछन्।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ४२ बजे

पानी पार्ने प्रणाली विकासः पहाडी क्षेत्रमा जोखिम, तराईमा मौसम बदली मात्र

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

पर्वत । यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा

दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित

नहरमा डुबेर एक जनाको मृत्यु

कैलाली । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ