११ श्रावण २०८१, शुक्रबार | July 26, 2024

मेयर कप अन्तर विद्यालय फुटबल : सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा



नेपालगन्ज । नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

जय बागेश्वरीले ड्रिमल्याण्डलाई १–० गोलले पराजित गरेको छ । खेल शुरु भएको ७ औं मिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निर्णायक भएको थियो । यो खेलमा साउद नै म्यानअफ द म्याच भए । उनलाई नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण केन्द्र कोहलपुरका प्रमुख विजय बर्मा र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ, बाँकेका सल्लाहकार ललित रौनियारले पुरस्कृत गरे ।

अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २–१ गोलले पराजित ग¥यो । १२ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रता लिएको थियो । ४५ मिनेटमा विपिन खड्काले गोल गर्दै टीमको अग्रता अझ बढाए ।

सेन्ट थोमसका निशान्त न्यौपानेले ५५ मिनेटमा गोल गरेका थिए । अन्तिम तिर गोल गरेर आक्रामक बनेको सेन्ट थोमसले त्यसपछिका अवसर खेर फाल्दा पराजित हुन पुग्यो । यो खेलमा सेन्ट जेभियर्सका निशान्त शाही म्यादअफ द म्याच भए । उनलाई लुम्बिनी प्रदेशका सांसद दुर्गाबहादुर चौधरीले पुरस्कृत गरे ।

प्रतियोगितामा २८ वटा स्कूलले भागलिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को एन्फा ग्रासरुट टे«निङ सेन्टरमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ४८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान