७ असार २०८१, शुक्रबार | June 21, 2024

मेयर कप फुटबल प्रतियोगिता : मोडेल एकेडेमी, जय बागेश्वरी, मोर्डन पब्लिक र ड्रिमल्यान्ड विजयी



नेपालगन्ज । नेपालगन्जमा जारीे मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आइतबार नेपालगन्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिमल्यान्ड हाइस्कुलले जित हासिल गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले कोहलपुरको जीवनज्योति स्कुललाई ७–१ ले सहजै पराजित गरेको छ ।

नेपालगन्ज मोडेलका लागि बिनोद शाही र रबु मल्लले ह्याट्रिक गरे । उनले खेलको २०औं, ३५औं र ६०औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज मोडेलकै रबु मल्लले ९औं मिनेट, १७ औं मिनेट र ४५औं मिनेटमा गोल गरेका थिए भने खेलको सुरुआतमा रुपेश बोहराले ३ मिनेटमा गोल गरे । जीवनज्योती स्कुलका कृस केसीले १३औं मिनेटमा सान्त्वना गोल गरे । उक्त खेलमा नेपालगन्ज मोडेल एकेडेमीमा रबु मल्ल म्यान अफ द म्याच घोषित भए । उनलाई एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौलाले गरे ।

आइतबारको दोस्रो खेलमा जय बागेश्वरीले मंगल प्रसाद माविलाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समय खेल १–१ को बराबरीमा सकिएको थियो । मंगलका अभिशेक विकले सुरुआतको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको अत्यतिर ५७आंै मिनेटमा भएको आत्मघाती गोलका कारण खेल बराबरी हुन पुगेको थियो । टाइब्रेकरमा जय बागेश्वरीका अभिशेक राजवंशी, उत्कर्ष साउद र विजय चौधरीले गोल गरे । यता मंगलका अभिशेक विकले मात्र गोल गरेका थिए ।

खेलमा म्यान अफ द म्याच हुन सफल जय बागेश्वरीका गोलकिपर पवित्र थारुलाई रामजानकी गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ का वडा सदस्य जगमोहन कादुले पुरस्कृत गरे ।
तेस्रो खेलमा मोर्डन पब्लिक स्कुलले डाइनामिक स्कुललाई १–० ले पराजित गरेको छ । मोर्डनको जितमा प्रतिक विष्टले ४९औं मिनेटमा निर्णायक गोल गरे । खेलमा मोर्डनका कप्तान विवेक विष्ट घोषित भए । उनलाई धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले पुरस्कृत गरे ।

आइतबारको चौथो खेलमा ड्रिमल्यान्ड स्कुलले होलिल्यान्डलाई ३–० ले हरायो । ड्रिमल्यान्डको जितमा विवश न्यौपानेले २४औं मिनेट, सुनिल थापाले ४९औं मिनेट र अजित पुन मगरले ५८औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल ड्रिमल्यान्डका विवश न्यौपानेलाई नेपालगन्ज उप–महानगरपालिकाको निर्वतमान उप–मेयर उमा थापाले पुरस्कृत गरिन् ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ पशुपति मावि राझा, बागेश्वरी एकेडेमी, मंगल प्रसाद मावि, जय बागेश्वरी इङलिस मिडियम स्कुल, होलिल्याण्ड मावि, ड्रिमल्याण्ड इङलिस मिडियम स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्टल, जिभिएन कलेज, नेपालगन्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् ।

प्रतियोगिताको समुह ‘बी’ नेपालगन्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोर्डन पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्यान्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजानाथ, अमर मावि सि गाउँ, ब्राइटल्यान्ड कलेज, बाल विद्या मावि , कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगन्ज रहेका छन् ।

प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : २६ बजे

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने

घण्टी सिंहदरबार पस्यो, मतपत्रमा चुनाव चिन्ह बस्यो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर

बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै