१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता : सेन्ट जेभियर्स क्वाटरफाइनलमा प्रवेश



नेपालगन्ज । राम जानकी मावि कोहलपुर, नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबलस्पोर्टस एकेडेमीमा भएको खेलमा राम जानकी माविले सुर्योदय मावि चिसापानीलाई १–० ले हरायो । खेलमा राम जानकीका गणेश आलेले ५१औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका आले म्यान अफ द म्याच घोषित भए । उनलाई एचीआरसी हस्पिटलका प्रमुख डा. कुमार सान शाह र नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन धामीले पुरस्कृत गरे ।

यसैगरी शुक्रबार भएको दोस्रो खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि खजुरालाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा बिपिन खड्काले दुबै गोल गरेका थिए । खेलमा उत्कृष्ट बचाउ गरेका सेन्ट जेभियर्सका गोलकिपर सुजन सार्कीले म्यान अफ द म्याचको पुरस्कार पाए । उनलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ अध्यक्ष विवेक वाजपेयी र नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरिन् ।

शनिबार भएको तेस्रो खेलमा आदर्श मावि नेपालगन्ज कोहलपुरको बालविद्या मन्दिरलाई ३–१ ले पराजित गरेको छ । आदर्शको जितमा मनिष खड्काले १४औं मिनेट, जेनिस बोहराले ४६औं मिनेट र सन्तोेष बुढा मगरले ५३औं मिनेटमा गोल गरेका थिए । बाल विद्याका लागि प्रतिक सुनारले १६औं मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याचको पुरस्कार आदर्शका सन्तोष बुढा मगरले प्राप्त गरे । म्यान अफ द म्याच घोषित सन्तोषलाई लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र र ५ छात्रा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०० बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्