२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

१७ औं मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता-२०८० भोलीबाट सुरु



बुटवल । १७ औं मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८० भोली माघ २२ गते बाट सुरु हुने भएको छ । वडामा लुकेर रहेका खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ आयोजना हुँदै आएको मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको १७ औं संस्करण भोलीबाट सुरु हुने भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिकाको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षकत्व हुने प्रतियोगिताको टिम दर्ता, मैदान मर्मत लगायतको सबै तयारी पूरा भएको आईतबार पत्रकार सम्मेलन गरि युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले जानकारी दिए । ‘यसवर्ष प्रतियोगिताको पुरस्कार राशि दोब्बर वृद्धि गरिएको उनले बताए । गतवर्ष ५० हजारबाट अहिले ११ हजार १ सय ११ रुपैया बनाईएको छ ।’- उनले भने । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य तथा लुम्बिनी ईन्चार्ज केशव रोक्काले खेलकुदमार्फत युवाहरुलाई एकतावद्घ गरि नेतृत्व विकाससंगै सामाजिक कार्यमा अग्रसर गराउन युवा संघ विभिन्न गतिविधि चलाउदै आएको बताए । विसं २०५४ सालदेखि शुरुवात भएको प्रतियोगिताको आफ्नै ऐतिहासिक महत्व बोकेको रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेतले बताए । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाका ५ लाख रुपैया सहयोग भएको उनले बताए । कार्यक्रमको नेकपा एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिबाट उद्घाटन गरिने उनले बताए ।

दिनगर स्थित सिद्धेश्वरी खेलमैदानमा हुने प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १ नम्बर बाहेक १८ वटै टिम सहभागी हुने संयोजक अमृत भण्डारीले बताए । उद्घाटन खेल गतवर्षको विजेता टिम वडा नं १७ र वडा नं १० का बिचमा खेल हुने उनले बताए । माघ २२ गतेबाट संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १० लाख २० हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला ईन्जार्ज बुद्धी थापा, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, पुर्वअध्यक्ष सुदर्शन खाम्चा, सचिव राजेन्द्र थापाले पारदर्शि हुने गरि प्रत्येक्ष टाईसिट सार्वजनिक गरे । प्रतियोगितामा गतवर्ष वडा नं १७ विजेता रहेको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ४४ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा