७ चैत्र २०८२, शनिबार | March 22, 2026

लुम्बिनी प्रदेश स्थापना दौडको पुरुष उपाधी सेना र महिलाको उपाधि एपीएफलाई



बुटवल । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आयोजना गरिएको ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका टंक कार्कीले हात पारेका छन् । उनले १५.२७.०६ सेकेन्डमा निर्धारित ५ किलोमिटरको दौड पूरा गरेर उपाधि हात पारेका हुन् । सो दौडमा नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका छन् ।

यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए भने सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो भए । त्यसैगरि सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

सोही दुरकिो महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले चुमेकी छिन् । उनले ५ किलोमिटर दूरी १९.३९.०४ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् ।

नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन् भने कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

प्रतियोगितामा पुरुष र महिला दुबै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौले ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगतिमा उपाधि जितेका खेलाडीहरुलाई एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय, प्रदेश सरकारका सचिव राधिका आर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ५३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा