२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेश स्थापना दौडको पुरुष उपाधी सेना र महिलाको उपाधि एपीएफलाई



बुटवल । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आयोजना गरिएको ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका टंक कार्कीले हात पारेका छन् । उनले १५.२७.०६ सेकेन्डमा निर्धारित ५ किलोमिटरको दौड पूरा गरेर उपाधि हात पारेका हुन् । सो दौडमा नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भएका छन् ।

यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए भने सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो भए । त्यसैगरि सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

सोही दुरकिो महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले चुमेकी छिन् । उनले ५ किलोमिटर दूरी १९.३९.०४ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् ।

नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन् भने कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे ।

प्रतियोगितामा पुरुष र महिला दुबै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौले ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगतिमा उपाधि जितेका खेलाडीहरुलाई एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गृहमन्त्री सन्तोष पाण्डेय, प्रदेश सरकारका सचिव राधिका आर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ५३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय