३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम



बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका वडा नम्बर १० सालझण्डीको आयोजनामा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा भएको तालिमको आईतबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

सैनामैना वनकट्टामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्यक्ति त्यसमा पनि दृष्टिविहिनता भएका व्याक्तिहरुले नयाँ विकास भएको प्रविधिको विषयमा जान्न जरुरी रहेको भन्दै सोही अनुसार क्षमता विकास आवश्यक रहेको बताएका थिए । उनले यसको लागि महासंघले लामोसमय देखि अपाङ्गता भएका व्याक्तिहरुको क्षमता विकास, नेतृत्व विकास, सिप विकास को क्षेत्रमा पैरवी गर्दै ३ वटा तहका सरकारको संमन्वयमा विभिन्न संघ संस्था मार्फत कार्यक्रम सञ्चालनको लागि सहजीकरण गर्दै आएको बताएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शुनिल क्षेत्रीको स्वागत, सचिव रजिता रेग्मीको सञ्चालनमा भएको थियो भने प्रशिक्षक अनमोल गैरे लगालगायतले दृष्टिविनको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम को महत्वको विषयमा प्रकाश पारेका थिए । तालिममा दृष्टिविहनता भएका व्याक्ति, न्युन दृष्टिविहनता भएका व्याक्ति लगायतको सहभागीतामा रहेको थियो । संस्थाले ब्रेल स्क्रिनिङ्गको लागि ईन्टपुटको लागि आवश्यक पर्ने सफ्टवेयरसमेत निःशुल्क रुपमा प्रशिक्षार्थीहरुलाई उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : २८ बजे

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमतिः अध्यक्ष प्रचण्ड

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल