१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

दृष्टिविहिन भएका व्याक्तिहरुको लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम



बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना नरपालिका वडा नम्बर १० सालझण्डीको आयोजनामा दृष्टिविहिन भएका व्याक्तिहरुका लागि ३ दिने ब्रेल स्क्रिनिङ्ग ईनपुट क्षमता विकास तालिम प्रदान गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा भएको तालिमको आईतबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

सैनामैना वनकट्टामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्यक्ति त्यसमा पनि दृष्टिविहिनता भएका व्याक्तिहरुले नयाँ विकास भएको प्रविधिको विषयमा जान्न जरुरी रहेको भन्दै सोही अनुसार क्षमता विकास आवश्यक रहेको बताएका थिए । उनले यसको लागि महासंघले लामोसमय देखि अपाङ्गता भएका व्याक्तिहरुको क्षमता विकास, नेतृत्व विकास, सिप विकास को क्षेत्रमा पैरवी गर्दै ३ वटा तहका सरकारको संमन्वयमा विभिन्न संघ संस्था मार्फत कार्यक्रम सञ्चालनको लागि सहजीकरण गर्दै आएको बताएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष शुनिल क्षेत्रीको स्वागत, सचिव रजिता रेग्मीको सञ्चालनमा भएको थियो भने प्रशिक्षक अनमोल गैरे लगालगायतले दृष्टिविनको लागि ब्रेल स्क्रिनिङ्ग ईनपुट तालिम को महत्वको विषयमा प्रकाश पारेका थिए । तालिममा दृष्टिविहनता भएका व्याक्ति, न्युन दृष्टिविहनता भएका व्याक्ति लगायतको सहभागीतामा रहेको थियो । संस्थाले ब्रेल स्क्रिनिङ्गको लागि ईन्टपुटको लागि आवश्यक पर्ने सफ्टवेयरसमेत निःशुल्क रुपमा प्रशिक्षार्थीहरुलाई उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : २८ बजे

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीले सर्वोच्च अदालतबाट पनि सफाइ पाए

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरीले

तराईमा चल्ने ‘लु’ बारे काठमाडौंमा सम्वाद : जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक

काठमाडौँ । तराईमा अत्याधि गर्मीसँगै चल्ने तातो हावा ‘लु’ का

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ

बागलुङ । बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन