२९ भदौ २०८३, सोमबार | September 15, 2026

निर्माण सम्पन्न नहुँदै भित्तामा नाम लेखाउन उदघाटन गर्नु भ्रष्टाचारको नमुना : बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण कार्य सम्पन्न नहुँदै भित्तामा नाम लेखाउन उदघाटन गरिएको भन्दै धरहरा उदघाटन गर्ने पूर्व प्रधानमन्त्री केपी ओलीलाई ब्यङ्ग गरेका छन् । उनले उदघाटन भएको २ वर्ष पछि निर्माण कार्य हुँदैगरेको भन्दै पार्किङ हटाउन पत्रकाटिएको प्रति कटाक्ष गरेका हुन् ।

महानगर प्रमुख बालेनले सामाजिक सञ्जालमा ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ भन्ने पत्र काटेको भन्दै उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भनी प्रश्न गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट निर्माण सम्पन्न भयो भनी उद्घाटन गरेको भन्दै अहिले निर्माण कार्य हुदैछ भन्नुको औचित्य नरहेको उनको भनाइ छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

उनले पत्रको अवज्ञा गर्ने संकेत गर्दै उक्त स्थानमा पार्किङ बन्द नहुने समेत बताएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ५२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ