३० बैशाख २०८१, आइतबार | May 12, 2024

निर्माण सम्पन्न नहुँदै भित्तामा नाम लेखाउन उदघाटन गर्नु भ्रष्टाचारको नमुना : बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण कार्य सम्पन्न नहुँदै भित्तामा नाम लेखाउन उदघाटन गरिएको भन्दै धरहरा उदघाटन गर्ने पूर्व प्रधानमन्त्री केपी ओलीलाई ब्यङ्ग गरेका छन् । उनले उदघाटन भएको २ वर्ष पछि निर्माण कार्य हुँदैगरेको भन्दै पार्किङ हटाउन पत्रकाटिएको प्रति कटाक्ष गरेका हुन् ।

महानगर प्रमुख बालेनले सामाजिक सञ्जालमा ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ भन्ने पत्र काटेको भन्दै उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भनी प्रश्न गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट निर्माण सम्पन्न भयो भनी उद्घाटन गरेको भन्दै अहिले निर्माण कार्य हुदैछ भन्नुको औचित्य नरहेको उनको भनाइ छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

उनले पत्रको अवज्ञा गर्ने संकेत गर्दै उक्त स्थानमा पार्किङ बन्द नहुने समेत बताएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ५२ बजे

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै