१२ श्रावण २०८१, शनिबार | July 27, 2024

१ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर बुटवलमा शुरु भयो बाआमासँग नगर प्रमुख कार्यक्रम



बुटवल । बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ुबाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचारु कार्यक्रम शुरु भएको छ ।

बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुरुवात गरिएको छ ।

ऐरावतीको घरमै पुगेर नगर प्रमुख खेलराज पाण्डेयले फलफुल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको शुरु गरे। जेष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए।

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु बनाएको र कार्यान्वयन गर्दै लगिने बताए।

चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको उनले बताए। उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालिएको जानकारी दिए।

कार्यक्रममा बोल्दै नगर प्रवक्ता शिव रानाले घरघरमा पुग्ने स्वास्थ्य परीक्षण कार्यक्रमको लाभ लिन आग्रह गरे। उनले आगामी वर्षपनि यस्ता अभियानहरु नियमित रुपमा सञ्चालन हुने बताए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले नागरिकलाई सहज हुने बताए। उनले स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र बस्याल, औषधी व्यवसायी संघका खड्ग बहादुर बस्नेत, निजी अस्पतालहरुको एशोशिएशनका रामप्रसाद खरेललगायतले बोल्दै बुटवल उपमहानगरपालिकाको बाआमासँग नगरप्रमुख कार्यक्रमको अवधारणा उपयुक्त र प्रभावकारी रहेकोले सक्दो सहयोग गर्ने बताए।

१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थी, विशेषज्ञ चिकित्सकहरु, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरु समेत निशुल्क दिइने उनले बताए।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ०९ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह