२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

समुदायमा कांग्रेस अभियानका १४ बुँदे ज्ञापन पत्र मुख्यमन्त्री चौधरीलाई



दाङ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानबाट आएका सुझावलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समुदायबाट आएका सुझाव र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार उनको प्रदेश कार्यालय राप्ती उपत्यका भालुवाङमा बुझाएको हो ।

ज्ञापन पत्रमा बाटोघोटो, सिचाई, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था, रुकुम पूर्वमा द्धन्दकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको,बैंकबाट लुटिएका सुन बाफत क्षतिपुर्ति प्राप्त नभएकोले तत्काल ती समस्या समाधान गरियोस, पूर्वी रुकुममा भरपर्दो ईन्टरनेटको व्यवस्था गरियोस, रोजगारीको अभावमा ठुलो संख्यामा युवाहरु विदेशी रहेका छन् त्यसले उद्यमशीलता विकास गर्न रोजगारमुलक तालिम तथा र्निव्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामाग्री बजार व्यवस्थापन गरियोस भन्ने माग गरिएको छ ।

त्यस्तै, अर्घाखाचीका किसानको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैया बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरुलाई क्षतिपुर्तिको व्यवस्था गर्ने, प्युठान अर्घाखाची लगायत जिल्लामा शुरु गरिएको एक घर एक धारा अभियान अन्तर्गत सरकारी, स्थानीय समुदायले पुरा गरेको कामको अझै भूक्तानी हुन नसकेकाले तत्काल भूक्तानी गरियोस्, किसानका लागि समयमै मलखाद, बिउबिजनको व्यवस्थाको माग गरिएको छ ।

भने सिंचाईको समस्या रहेको जिल्लाहरुमा सिचाईको व्यवस्था गरियोस्, लुम्बिनी प्रदेश अन्तर्गत पहाडी जिल्लाहरुमा संचालित अधिकाशं क्याम्पस भवनहरु जिर्ण अवस्थामा रहेकाले तिनको मर्मत सम्भार र पुर्ननिर्माणका साथै प्राध्यापकहरुको तलबको सुनिश्चता गरियोस्, पाल्पाको भगवती मन्दिर, रानीमहल लगायतका पर्यटकिय महत्वका केन्द्रहरुको संरक्षण गरि प्रचार प्रसार गरियोस भन्ने माग नेपाली काग्रेसले मुख्यमन्त्री चौधरीसँग माग गरेको छ ।

मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउदै नेपाली काग्रेस केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशको समुदायमा कांग्रेस अभियानका संयोजक डाक्टर डिना संगौलाले बुझाएको ज्ञापनपत्रमा महिला हिंसा, बालविवाह तथा दाइजोप्रथालाई नियन्त्रण गरियोस्, जंगली जनावरहरु निलगाई, बँदेल नियन्त्रण गरियोस, जिंर्ण सडकहरुको मर्मत सम्भार गरियोस्, लुम्बिनी प्रदेशमा संचालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिईयोस्, प्रदेश सरकारले साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गरियोस्, गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन पुल पटक पटक भत्कीएर खोलाले बगाएकाले त्यस पुलको पुर्न निर्माणका लागि सुनिश्चीत गरियोस्, प्रदेश निजामति नियमावली र स्थानीय सरकार अन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन अनुरोध गरिएको छ ।

क्रममागत बजेटमा बजेट सुनिश्चता गरियोस लगायत १४ वटा बुँदा सहितको ज्ञापन पत्र मुख्यमन्त्री चौधरीलाई बुझाउन समुदायमा कांग्रेस अभियान अन्र्तगत लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाची, रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, प्युठान र दाङ जिल्लाको जिम्मेवारी पाएका कांग्रेस केन्द्रीय सदस्य डाक्टर डिना संगौलाको नेतृत्वमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सहमहामन्त्री बिष्णु खनाल र सहमहामन्त्री निमा गिरी रहेका थिए । ज्ञापन पत्र बुभ्दै पार्टी सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आवश्यकताको प्राथमिकतालाई समेटर बुझेको ज्ञापनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघिय सरकारबाट गर्नुपर्ने सवाललाई सिफारीस गर्ने चौधरीले बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ४४ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६