३ पुस २०८२, बिहिबार | December 18, 2025

विवाह गर्ने उमेर नपुगेका किशोरीहरु धमाधम बच्चा जन्माउँदै



हेटौंडा । नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेपनि सानै उमेरमा विवाह गर्ने र कलिलो अवस्थामा नै सन्तान जन्माउने क्रम भने रोकिएको छैन । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा मात्र १४२ जना किशोरीहरू आमा बनेका छन्।

अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए। यो अवस्थाले बालविवाहको प्रचलन रहेको देखाउँछ।

नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। तर, प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ।

बालबालिका र किशोरकिशोरीको भविष्यमा गम्भीर असर पार्ने बालविवाह रोक्न सरकारी, गैरसरकारी तथा सरोकारवाला सबै पक्षले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने माग गरिएको छ। साथै, यसका लागि कानुन कडाइका साथ कार्यान्वयन हुनु जरुरी रहेको बताइएको छ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ३९ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा