५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

बुटवलको नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शनमा ५ सय रुपैयाँमा खान र एक रात बस्न पाईने



बुटवल । बुटवलको पुरानो बसपार्क नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज थप नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएका छन । दुई उद्यमी कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा सुमेरु दर्शनलाई नयाँ ब्यवस्थापनसहित संचालनमा ल्याएका हुन ।

गैरे एक दशकदेखि होटर व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लागेका हुन् । ‘म २४ वर्षदेखि सरकारी जागिर पेशामा छु । अब अहिले अवकाशको प्रक्रिया मिलाउँदै छु । त्यसपछि अबको बाँकी समय पूर्ण रुपमा यही व्यवसायमा रहेर काम गर्छु’-पन्थीले भने ।

बुटवलको पर्यटन विकासमा टेवा पुराउने उद्धेश्यले लज संचालनमा गर्ने सोच आएको संचालक रुपलाल पन्थीले बताए । बुटवलमा नयाँ ढंगबाट पर्यटन प्रवद्र्घन गर्ने गरी फेमिली, अफिसियल कोठाहरु नामाकरण गरिएको छ । लजमा ५० क्षमताको मिटिङ हलसहित तल्लो तलामा किचनसहितको ओपन रेष्टुरेन्ट छ । साथै लजको लगानी ५० लाख रहेको उनले बताए ।

लजमा शैक्षिक भ्रमणमा आउनेहरुलाई लक्षित गरी कमन कोठाको ब्यवस्था रहेको छ । भवनको रुफटफबाट पहाडको हरियाली सहित, बुटवल शहरको आकर्षक र मनोरम दृश्य देख्न सकिने छ । लजमा साउथ इन्डियन डोसा, विरयानी र तन्दुरी लगायतका परिकार उपलब्ध हुने अर्का संचालक गैरेले बताए । उनका अनुसार ५०० रुपिँयामा खान र एक रात बस्न सकिने बताए । ग्राहकको सहजताका लागि आफुहरुले सबै परिकारको मूल्य सूचि बाहिर नै राखेको बताए । लजमा अट्याज रुम, फेमिलि रुम र अफिस रुम रहेका छन् भने त्यहाँ १३ जनाले रोजगारी समेत पाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : १८ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया