१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कतारका प्रधानमन्त्रीले भने, ‘युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ’



कतार । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् ।

शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो। कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ । अमेरिकी विदेशमन्त्रीले यसबारे इजरायली नेताहरूलाई जानकारी दिनेसमेत जनाएका छन् ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा हमासले युद्धविराम प्रस्तावलाई सकारात्मक भावनामा प्रतिक्रिया दिएको तर अझै पूर्ण युद्धविराम र आक्रमणको अन्त्य चाहेको युरो न्यूजले जनाएको छ ।

कतारले हमाससँग लामो समयदेखि मध्यस्थता गर्दै आएको छ र युद्धविरामको लागि अमेरिका र इजिप्टसँग काम गरिरहेको छ, जसमा युद्धको दीर्घकालीन रोक र गाजामा अझै पनि रहेका १०० भन्दा बढी बन्धकहरूको रिहाई समावेश गरिएको छ ।

कतारका प्रधानमन्त्रीले हमासको प्रतिक्रियाको बारेमा कुनै विवरण दिएनन् तर सो समूहले टिप्पणी गरेको भने जानकारी दिएका छन । एन्टोनी ब्लिन्केनले अधिकारीहरूले हमासको प्रतिक्रिया पाएको पुष्टि गरे  ।

अल जजीराका अनुसार हमासले बन्धक सम्झौतालाई आधिकारिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताएको छ तर अमेरिका र कतारले गाजामा लडाइँ रोक्न समय लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ०१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान