९ श्रावण २०८३, शनिबार | July 25, 2026

कतारका प्रधानमन्त्रीले भने, ‘युद्धविराम प्रस्तावमा हमास सकारात्मक छ’



कतार । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् ।

शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो। कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ । अमेरिकी विदेशमन्त्रीले यसबारे इजरायली नेताहरूलाई जानकारी दिनेसमेत जनाएका छन् ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा हमासले युद्धविराम प्रस्तावलाई सकारात्मक भावनामा प्रतिक्रिया दिएको तर अझै पूर्ण युद्धविराम र आक्रमणको अन्त्य चाहेको युरो न्यूजले जनाएको छ ।

कतारले हमाससँग लामो समयदेखि मध्यस्थता गर्दै आएको छ र युद्धविरामको लागि अमेरिका र इजिप्टसँग काम गरिरहेको छ, जसमा युद्धको दीर्घकालीन रोक र गाजामा अझै पनि रहेका १०० भन्दा बढी बन्धकहरूको रिहाई समावेश गरिएको छ ।

कतारका प्रधानमन्त्रीले हमासको प्रतिक्रियाको बारेमा कुनै विवरण दिएनन् तर सो समूहले टिप्पणी गरेको भने जानकारी दिएका छन । एन्टोनी ब्लिन्केनले अधिकारीहरूले हमासको प्रतिक्रिया पाएको पुष्टि गरे  ।

अल जजीराका अनुसार हमासले बन्धक सम्झौतालाई आधिकारिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताएको छ तर अमेरिका र कतारले गाजामा लडाइँ रोक्न समय लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ०१ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा