८ चैत्र २०८२, आइतबार | March 22, 2026

यसर्थ ब्याचलर मास्टर्स गर्नलाई बेलायत र अमेरिका राम्रो



काठमाडौं । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् ।

विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाका अनुसार पछिल्लो समय ब्याचलर र मास्टर्स गर्न यूके, यूएसए जाने विद्यार्थीहरुको संख्या बढ्दो छ । ‘ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने विद्यार्थीहरुको शैक्षिक, आर्थिक अवस्था राम्रो भए आकर्षक छात्रबृत्ति पाउँछन् ।’ पढ्दै करियर बनाउन समेत यी देशहरु उपयुक्त भएको भन्दै निर्देशक सिंखडाले भने ।

अहिले यूके, यूएसएका धेरै शैक्षिक संस्थाहरुले भाषा परीक्षा पास गरे पनि नगरे पनि विद्यार्थीहरू धमाधम भर्ना गरिरहेका छन् । अङ्ग्रेजी लेखाई तथा बोलाई राम्रो भएका, स्कोर राम्रो भएका तर IELTS नगरेका विद्यार्थीहरुले पनि अप्लाई गर्न पाउँछन् । भने, स्कोर ठिकै भएका तर, IELTS गरेकाहरुले पनि यूके यूएसएका लागि अप्लाई गर्न सक्छन् । कक्षा ११ र १२ वा +2 मा अङ्ग्रेजी विषयमा B वा B+ ल्याएको ७० प्रतिशत भन्दा माथि अङ्क ल्याएका विद्यार्थीहरूलाई MOI लेटर मार्फत पनि भर्ना लिइरहेका छन् ।

‘IELTSमा ६/५.५ अङ्क हासिल गरेका, ४ वर्षे ब्याचलरमा ५० प्रतिशत भन्दामाथि, ३ वर्षे ब्याचलरमा ६० प्रतिशत भन्दामाथि अङ्क ल्याएका विद्यार्थीहरुले अप्लाई गर्न सक्छन् ।’ यसमा कतिपय अवस्थामा ४, ५ वर्षसम्मको ग्यापलाई समेत विश्वविद्यालयहरुले स्वीकार गर्ने गरेको भन्दै सिंखडा भन्छन् ।

यूके यूएसएमा खासगरी म्यानेजमेन्ट, फाइनान्स र मार्केटिङका विषयमा अध्ययन गर्न सकिन्छ । बैंकिङ एण्ड फाइनान्स, डिजिटल मार्केटिङ, हेल्थ सर्भिस मेनेजमेन्ट, इन्टरनेशनल विजनेश मेनेजमेन्ट, मेनेजजमेन्ट, इन्टरनेशनल फाइनान्स, मार्केटिङ मेनेजमेन्ट, विजनेश मेनेजमेन्ट, साइवर सेक्युरिटी लगायतका विषयमा यूके, यूएसए अध्ययन गर्न जान सकिन्छ । यसका अलावा साइन्स एण्ड टेक्नोलोजी, हस्पिटालिटी, आइटी क्षेत्रमा पनि राम्रो स्कोप रहेको सिंखडाको तर्क छ । ‘यूके यूएसएमा विश्वकै उत्कृष्ट कलेज र विश्वविद्यालय छन् । यी देशको पढाई, वातावरण र अवसर नेपाली विद्यार्थीहरुको लागि उपयुक्त छन् ।’ सिंखडा भन्छन् ।

उच्च शिक्षा हासिल गर्न विदेश जान्छु भन्ने सोच बनाइरहेका विद्यार्थीहरुले आफुले अध्ययन गरेको विषय, आफ्नो आर्थिक क्षमता र योग्यता हेरेर अगाडी बढ्नुपर्ने उनको सुझाव छ । ‘कसैको लहलहै र देखासिकीमा विदेश नजाउँ, आफ्नो शैक्षिक, आर्थिक र पारिवारिक अवस्था हेरेर निर्णय गरौं ।’ विदेश जानु अगाडी नै आफु जाने देश, त्यहाँको कलेज, विदेशी विद्यार्थीको लागि त्यहाँकाे कानुन, भिजा प्रक्रिया, कलेजको शुल्क, अध्ययनसँगै र अध्ययन पछि पाइने अवसरका विषयमा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट जानकारी लिनुपर्नेमा सिंखडाको जोड छ ।

पछिल्लो समय युरोप, क्यानडा, यूके, यूएसएलगायत देशमा आकर्षक रोजगारी सहित पठाउने भन्दै पर्यटक भिसामा पठाउने, अनेक प्रलोभन देखाएर लाखौं ठगी गर्ने प्रवृत्ति बढिरहेकोले त्यस्ता व्यक्ति र संस्थाहरुबाट जोगिन सकेसम्म नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाहरु रोजेर शैक्षिक परामर्शदाताले भनेका सबै विषयहरुमा विद्यार्थी आफैंले क्रस भेरिफाई गरेर मात्र अगाडी बढेमा ठगिनबाट बच्न सकिने सिंखडाकाे भनाई छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : २१ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।