२९ माघ २०८२, बिहिबार | February 13, 2026

सिएमसी चितवनमा लुम्बिनीका बिरामीलाई सुविधा



बुटवल । लुम्बिनी प्रदेशका अर्बुद (क्यान्सर) रोगका बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा रु दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेज र लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरी र अस्पतालको तर्फबाट वरिष्ठ व्यवस्थापक पारस अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार लुम्बिनी प्रदेशका नागरिकले चितवन मेडिकल कलेजमा अर्बुद रोगको उपचार गर्दा रु दुई लाख बराबरको निःशुल्क सुविधा पाउने छन् । बिरामीको उपचारको सोधभर्ना निर्देशनालयले दिने वरिष्ठ व्यवस्थापक अधिकारीले बताए ।

प्रदेशले ‘प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रमाणपत्र’ उपलब्ध गराउने छ । सोही प्रमाणपत्रका आधारमा सिएमसिले निःशुल्क सुविधा दिने सम्झौतामा उल्लेख छ । अस्पतालका सामाजिक सुरक्षा एकाइका अमृत काफ्लेका अनुसार अर्बुदका बिरामीले सङ्घीय सरकारबाट रु एक लाख बराबरको निःशुल्क सुविधा पाउने छन् भने लुम्बिनीका बिरामीले सङ्घीय र प्रदेशका गरी रु तीन लाख बराबरको निःशुल्क उपचार सुविधा पाउने छन् ।

चितवन मेडिकल कलेजले एक सय शय्याको सुविधासम्पन्न सिएमसी क्यान्सर इन्स्टिच्यूट सञ्चालन गरेको छ । आधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालित उक्त इन्स्टिच्युटमा बिरामीले सहजरुपमा अर्बुद रोगको उपचार पाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १० : ०० बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक