५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

‘स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले स्पा व्यवसायलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

“स्पा व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ, यसलाई चिर्नका लागि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी व्यावसायिकरूपमा अगाडि बढाउन जरुरी छ”, नेता श्रेष्ठले भने । सरकारले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए । “स्पा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्यका लागि स्पा सङ्घले पहल गर्नुपर्छ”, उनले भने । स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न वडा कार्यालय तयार रहेको उनको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटन र स्पा व्यवसायलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । पर्यटन व्यवसायी कर्ण शाक्यले अलग, फरक र मौलिकपन भए मात्र पर्यटन प्रवर्द्धन हुने बताए । “अहिले संस्कृति र प्रकृतिमार्फत मुलुकको पर्यटन प्रव्द्धन गरिँदै छ, अब स्पामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ”, उनले भने । स्पा व्यवसायी रामदेव महतोले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा क्षेत्रलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सङ्घ लागिपरेको बताए । विसं २०७८ मा स्थापना भएको सङ्घमा हाल दुई दर्जनभन्दा बढी स्पा व्यवसायी आबद्ध छन् । कार्यक्रममा स्पा क्षेत्रमा लामो समय योगदान दिएका काठमाडौँ स्पाका सञ्चालक निलप्रसाद मिश्र र रियल थेरापी तथा ब्यूटी प्वाइन्टका सञ्चालक भविश्वर शर्मा र ट्याङ्कुलिटी स्पाका सञ्चालक रामेश्वर फैजुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ०० बजे

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली