१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मणिमुकुन्द भलिबल क्लब ९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, पहिल‍ो खेलमा नेपाली पुलिस र सुदुरपश्चिम भिड्ने



बुटवल । मणिमुकुन्द भलिबल क्लब ९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली पुलिस क्लब र सुदुरपश्चिम बिच पहिलो खेल हुने भएको छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन तथा मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहिबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पुर्ण प्रसाद चौलागाईले गोलाप्रथाद्घारा पोल विभाजन गरि टाईसिट प्रकाशित गरेका छन । शुक्रबार दोस्रो खेलमा आयोजक लुम्बिनी प्रदेशले एपिएफसंग प्रतिस्पर्धा गर्ने छ । उनले लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १० टिमलाई दुई वटा पोलहरु राखिएक‍ो बताए ।

सुर्खेतमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता अनुसार क्रमश विजेता पुलिस विजेता, उपविजेता एपिएफ क्लब, तेस्रो गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको उनले बताए ।

जसअनुसार प‍ोल ए मा पुलिस, नेपाल आर्मी, मधेस प्रदेश प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश तथा पोल बि गण्डकी र एपिएफ, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेश रहेका छन ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले दशक पछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए । ससाना त्रुटीलाई समेत केलाएर सफल बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रीय सचिव झग बहादुर मिदुन, क्लबका अध्यक्ष ल‍ोक बहादुर भण्डारीले नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई सरोकारवाला संघसंस्थाहरु लाग्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : १८ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट