२९ माघ २०८२, बिहिबार | February 13, 2026

गरिबे शेखको अर्को काण्ड : कार्यक्रम गर्न गएका बैद्य माओवादी कार्यकर्तामाथि आक्रमण



खजुरा । आफ्नै पालिकाका प्राबिधिक कुटेर चर्चा कमाएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले पार्टीको कार्यक्रम गर्न गाउँ पुगेका माओवादी बैद्य समुहका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

आज मध्यान्ह नियमित कार्यक्रम अन्तर्गत पार्टीको कार्यक्रम गर्न खजुरा ५ पुगेका बैद्य माओवादीका कार्यकर्ताहरुलाई वडा अध्यक्ष शेखको अगुवाईमा आक्रमण गर्दै कुटपिट गरिएको छ । गरिबे नेतृत्वको समुहको आक्रमणबाट कम्तीमा ५ जना सो समुहको कार्यकर्ताहरु घाइते भएका छन्  । आक्रमणबाट कृष्ण शाह, प्रेम थापा, खेरण चौधरी, तिलक गिरि र जगत ओली घाइते भएको बैद्य माओबादी स्रोतले जनाएको छ ।  घाइतेहरुको भेरी अस्पतालमा उपचार भै रहेको छ ।

३ जना राजनीतिक कार्यकर्ताहरु सामान्य घाइते भएको र दुई समुहबीच हातहालहाल भएको बाँके प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताए ।

वडा अध्यक्ष शेखले भने सुरक्षा भत्ता बाँडिरहेको स्थानमा झण्डा सहित आएका ९ जनाको समुहले पहिले आफुमाथि आक्रमण गरेको र गाउँलेले प्रतिकार गर्दा ४ जना समातिएको र ५ जना भागेको बताए ।

मंगलबार मात्र आफै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेको खजुरा ६ को एक बिद्यालयमा बिना नापजाँच कार्य सम्पन्न प्रतिबेदन नबनाएको भन्दै वडा अध्यक्ष गरिबेले गाउँपालिकाका प्राबिधिक लिलाराज धामीलाई मुक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ०४ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक