२७ भदौ २०८३, शनिबार | September 12, 2026

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १३ र ६ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १३ र ६ विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बिहिबार भएको पहिलो खेलमा वडा नं १३ ले वडा नं १९ लाई ट्राईबेकर तथा दोस्रो खेलमा वडा न ६ ले वडा नं. ३ लाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वरी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा वडा नं १३ र १९ निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा वडा नं १३ विजयी भयो । खेलमा वडा नं १३ का गोलकिपर जनक श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा वडा नं ६ को जितमा बिबेक सिजाली मगर, अवेश शाही, सफल गुरुङले गोल गरेका थिए । वडा नं ३ का पुजनले आत्मघाती गोल गर्दै विपक्षी टिमलाई अग्रता दिलाइ । खेलमा वडा नं ३ का सुभाष श्रेष्ठले सान्त्वना गरेका थिए ।

खेलमा वडा नं ६ का गोलकिपर सन्देश खनाल म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका सचिव राजेन्द्र थापाले बताए ।
प्रतियोगिता अन्तरगत शुक्रबार बिहान पहिलो खेलमा वडा नं ९ र गतवर्षको उपविजेता वडा नं ८ तथा दोस्रो खेल दिउँसो वडा नं ७ र १४ का बिचमा हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : ५८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित