२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बागमती प्रदेश संसद् अधिवेशन बोलाउन एमालेको माग



मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् । उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए। प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो ।

सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा चेतावनी दिए । विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको भनाइ रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  २ : ३८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको