८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत



इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिइएको छ । खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी सङ्ग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ ।

एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाई गर्नुभएको थियो । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ ।

खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो । द एक्सप्रेस ट्रिब्यूनका अनुसार यी दुवैलाई अदालतमा पेश गरिएको थियो र पूर्व प्रधानमन्त्रीले न्यायाधीशसँग गत बर्षको मे ९ मा इस्लामाबाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो ।

भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दङ्गासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । रावलपिण्डीमा दर्ता भएका उजुरीहरूमा जनरल हेडक्वार्टर (जीएचक्यू) को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दङ्गा र अन्य घटनाहरू समावेश छन् ।

उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआइआर) मा समावेश गरिएका दाबीहरूलाई अस्वीकार गरेका छन ।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार अडियाला जेलबाट रिहा भएपछि पीटीआईका नेता शाह महमुद कुरेशीलाई पञ्जाब प्रहरीले जीएचक्यूमा भएको आक्रमणको आरोपमा पक्राउ गरेको थियो ।

गत बर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली (जेआईटी) ले गत वर्षको जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जीएचक्यूमा भएको आक्रमणसहित दुई आतङ्कवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो ।

कार्यवाहीमा नयाँ धाराहरू समावेश गरिएसँगै पीटीआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो । पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आम निर्वाचनको परिणाम निकै प्रतिक्षित रहेका बेला इमरान खानलाई जमानत दिइएको हो ।

बिहीबार भएको निर्वाचनको मतगणना जारी छ र पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ तर प्रायः पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) द्वारा समर्थित स्वतन्त्र उम्मेदवारहरूभन्दा पछाडि छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३० बजे

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल