१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लुम्बिनी प्रदेशबाट महुवाको रक्सीलाई ब्राण्डिङ गर्ने मुख्यमन्त्री चौधरीको घोषणा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महुवाको रक्सीलाई ब्राण्डिङ गर्ने प्रदेश सरकारले तयारी गरेको बताउका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेश सधारणसभामा बोल्दै मुख्यमन्त्री चौधरीले दाङ देउखुरीको मौवाको रक्सीलाई स्थानीय वाइनको रुपमा ब्रान्डिङ गरेर विदेशमा सजिलै बिक्री गर्ने आधार रहेको बताए ।

उनले महङ्गा विदेशी रक्सी बेचेर पूँजी पलायन हुनेभएकोले स्थानीय मौवाको रक्सीलाई ब्रान्डिङ गर्ने काममा प्रदेश सरकार लागि परेको जानकारी दिए । मुख्यमन्त्री चौधरीले उद्योग ब्यवसायीले लगाउने गरेको मेला महोत्सवको बिरोध गरे । उनले त्यस्ता मेलाले स्थानीयको आभाष दिन नसकेको आरोप लगाउँदै मेला महोत्सवको नाममा स्थानीय पुँजी बाहिरिने गरेको टिप्पणी गरे । समय समयमा आयोजना गरिने मेला महोत्सवमा स्थानीकरणको आभासै नभएको भन्दै मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रपनि धेरै सुध्रनुपर्ने अवस्थामा रहेको बताए । “हामी मेला महोत्सव लगाउँछौ, बाहिरका कलाकार र व्यापारी बोलाउँछौ, पैसा दिएर पठाउँछौं, अनी यहाँ आर्थिक समृद्धिको नारा लगाउँछौ, सुध्रनुपर्ने नीजी क्षेत्र पनि होइन र ?“उनले व्यवसायीहरुलाई प्रश्न गरे ।

स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउने योजनामा प्रदेश सरकार रहेको उनले जानकारी दिए । मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुर्याउन कार्यमा सहयोग गर्न समेत आग्रह गरे । मुख्यमन्त्री चौधरीले भने, “समृद्ध प्रदेश बनाउने काममा सरकार एक्लैले गर्न सक्दैन, नीजि क्षेत्रले स्थानीय बस्तु तथा सेवा उत्पादन, बजारीकरणमा ध्यान दिन आवश्यक छ, हामीहरुले यहाँको उत्पादन बाहिर बिक्री गर्ने परिपाटी नबनेसम्म प्रदेश समृद्ध र आत्मनिर्भर हुन सक्दैन ।“

प्रदेश सरकारले अब उत्पादनको क्षेत्रमा बढी लगानी गर्ने भन्दै मन्त्री चौधरीले उद्योग, उत्पादन र पर्यटनको क्षेत्र पहचिान गर्ने र त्यहाँको सडक सुधार गर्ने काममा प्रदेश सरकार लागि परेको जानकारी दिए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी व्यापारीले नीजि क्षेत्र सरकारसँग सहकार्य गरेर प्रदेशमा आर्थिक समृद्धि र आर्थिक शुसासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ०३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले