७ चैत्र २०८२, शनिबार | March 21, 2026

बुटवलमा ‘एक चिहान नाटक’ मञ्चन हुँदै



बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यही फागुन ३, ४ र ५ गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो ।

बुटवल-८ सुख्खानगरस्थित रागश्री संगीतालयको आयोजनामा हुन लागेको मञ्चनको तयारी पूरा भएको संगीतालयका व्यवस्थापन सुरेश सेञ्चुरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हृदयचन्द्र सिंह प्रधानको लेखन रहेको नाटकको निर्देशन नकुल पौडेलको रहेको छ ।

काठमाडौंमा आउने ११ जना र स्थानीय ५ कलाकार गरी नाटकमा कुल १६ कलाकारले विभिन्न भूमिकामा नाटक खेल्नेछन् । कुल ९ लाख खर्च अनुमान गरिएको नाटक मञ्चन दैनिक ३ शो हुने उनले बताए ।

उनका अनुसार प्रत्येक बिहान साढे ८ बजे, १ बजे र ३ बजे नाटक मञ्चन हुनेछ । पाठ्यक्रममा समेत समावेश भएको यो नाटकमा अधिकांश विद्यार्थीहरुको सहभागिता हुने सेञ्चुरीले बताए । नाटक अवलोकनका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ टिकट दर कायम गरिएको छ । व्यवस्थापन सेञ्चुरीले एक चिहान नाटक मञ्चन पछि मोफसलमा पनि नाटक मञ्चन हुन सक्ने सन्देश बाहिर प्रभाव हुने बताए ।

पत्रकार सम्मेलनमा कलाकार बावुराम घिमिरे, संगीतालयका सदस्य माधव भण्डारीलगायतले बोल्दै मोफसलमा हुन थालेको बहुचर्चित नाटकलाई अवलोकनका लागि आउन आग्रह गरे । कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ०१ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका