१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि



काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरु हुदैँछ । नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरु हुनेछ । अधिवेशन बिहान ११ बजे देखी बोलाइएको छ ।

जम्बो केन्द्रीय समिति निर्माण गरेको माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।

जसअनुसार आजबाट सुरु हुने विधान अधिवेशनमा १ सय ९९ सदस्सीय केन्द्रीय समितिको प्रस्ताव हुन लागेको हो ।

गत आइतवार र सोमवार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्विचार गर्नुपर्नेमा जोड गरेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि विधान सम्मेलनमा समिक्षा हुने जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ३९ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह