१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोकनृत्य प्रतियोगिता शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु भएको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि २ दिने लोक नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

लोकनृत्य प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यार्थीहरुको क्षमता प्रदर्शनका लागि लोकनृत्य प्रतियोगिता उपयोगी हुने बताइन् । उनले विद्यालयहरुलाई हरेक क्षेत्रमा क्षमता विकासका लागि विद्यार्थीहरुलाई सहभागी गराउनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले विद्यालयहरुलाई अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने थलोका रुपमा बुटवल उपमहानगरपालिकाले धेरै अवसरहरु प्रदान गरेकाले सदुपयोग गर्न आग्रह गरे ।

लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी भएको र पहिलो दिन २२ वटा विद्यालयले प्रस्तुति देखाइसकेको लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताए । उनका अनुसार प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ३८ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा