४ भदौ २०८३, बिहिबार | August 20, 2026

बसन्त पञ्चमीलाई सकारात्मकता भर्ने तिथिका रुपमा मनाऔँ : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गरेका छन ।

बसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाइ देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनेका छन ।

उपराष्ट्रपति यादवले सन्देशमा देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै लगेको उल्लेख गरेका छन ।

बसन्त पञ्चमीलाई सबै पुण्य कार्यका लागि शुभ मानिने जनाउँदै उनले यस शुभ अवसरलाई सबैले आ-आफ्नो नकारात्मक सोच र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्ने बताएका छन । “यो वसन्त ऋतुको आगमन हुने दिन पनि भएकाले आफ्नो जीवनमा सदाचार र मेलमिलापको गुण आत्मसात् गर्न सक्नु पर्दछ”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन ।

बसन्त पञ्चमी हिन्दू, बौद्ध र मुस्लिम धर्मावलम्बीको त्रिवेणी उत्सवरुपमा पाइएको उल्लेख गर्दै उनले आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृङ्खलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ४५ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब