१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्वकप लिग २ का खेल एक्सन स्पोर्टस एचडी-१ ले प्रत्यक्ष प्रसारण गर्ने



काठमाडौं । नामिबिया र नेदरल्यान्ड सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु फेब्रुअरी १५ बाट सुरु भएको छ।

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीसहोम एक्सन स्पोर्टस एचडी १ ले विहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ।

सो सिरिज खेलमा तीनै टोलीले एक अर्कासँग दुई पटक खेल्ने छन्।लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टसए एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने छ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोम गोएपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ।

कीर्तिपुर स्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फेब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फेब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड् तथा फेब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्बीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड् सहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स र अमेरिका छन् ।

लिग २ मा हरेक टोलीले ३६ खेल खेल्ने छन् । उक्त सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडी र डिसहोम गोएप्समा हेर्न पाइने छ। लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग विहीबार १५ फेब्रुअरीमा खेल्नेछ ।

सबै खेल विहान सवा ९ बजेदेखि सुरु हुनेछ ।तीन वर्ष सम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्न पाउने छ । पुछारका ४टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : ४६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’