१८ माघ २०८२, आइतबार | February 1, 2026

दीक्षा इन्टरनेशनको पहिलो शाखा बुटवलमा



बुटवल । शैक्षिक परामर्श प्रदायक संस्था काठमाडौंको दीक्षा इन्टरनेशनल प्रालिले बुटवलमा शाखा स्थापना गरेको छ । दीक्षा इन्टरनेशनलले आफ्नो पहिलो शाखाको रुपमा बुटवलको कालिकानगरमा कार्यालय स्थापना गरेको हो ।

कार्यालयको बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शुभारम्भ गरिएको छ । वैदेशिक शिक्षाको लागि जान चाहने पश्चिम नेपालका विद्यार्थीलाई लक्षित गरेर बुटवलमा शाखा सञ्चालन गरिएको दीक्षा इन्टरनेशनलका सञ्चालक तथा प्रवन्ध निर्देशक शेखर आचार्यले जानकारी गराए । उनका अनुसार दिक्षा इन्टरनेशनलले विशेष गरेर अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दछ । अमेरिकाले छात्रबृत्तिमा मात्रै विद्यार्थी लैजाने गरेको छ ।

अमेरिकामा अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्राप्त गर्न प्लस २ को परीक्षामा ३।७५ जिपिए भन्दा माथि ल्याएको विद्यार्थीले टोफेल वा आईईएलटिसमा ९ मा ७ अंक अनिवार्य ल्याउनु पर्दछ । त्यसपछि स्याटको परीक्षामा १६०० मा १५४० अंक अनिवार्य ल्याउनु पर्ने उनले बताए ।

आंशिक छात्रबृत्तिका लागि भन् अरु विकल्पहरु पनि छन् । दीक्षा इन्टरनेशनलले अमेरिका बाहेक अष्ट्रेलिया, क्यानडा र युकेका लागि पनि परामर्श सेवा प्रदान गर्ने उनले बताए । सन् २००६ मा काठमाडौंको पुतलीसडकमा खुलेको दीक्षा इन्टरनेशनलबाट ३ हजार ८ सय भन्दा बढी विद्यार्थी अमेरिका गईसकेका छन् भने अष्ट्रेलिया, क्यानडा र युकेमा पनि १ हजार बढी विद्यार्थी गईसकेको उहाँले प्रवन्ध निर्देशक आचार्यले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अध्ययनमा विदेश जाने विद्यार्थीलाई अध्ययन पछि नेपालमै आएर काम गर्न आग्रह गरे । उनले अध्ययनका लागि विदेश जाने र उतै पलायन हुने प्रवृत्तिका कारण देशको विकासमा समेत असर परेको बताउँदै शैक्षिक परामर्श प्रदायक संस्थाहरुले पनि त्यस्तो वातावरण बनाउनु पर्ने भनाई राखे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : १५ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि