२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

ललिता निवास प्रकरण : १२ जना दोषी ठहर, ६५ जनाको नामको जग्गा जफत हुने



काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।

त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ।

विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

ललितानिवास जग्गा प्रकरणमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात पनि दोषी ठहर भएका छन्।

अदालतले बिहीबार बस्न्यात र पन्तलाई पनि दोषी ठहर गरेको हो। बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। उनीहरुलाई ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसलामा ६५ जनाको नाममा रहेको जग्गा जफत हुने पनि उल्लेख गरिएको छ ।

फैसलामा तत्कालिन मन्त्री विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीलाई भने आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाई दिएको छ ।

फैसलामा जग्गा धनीहरुको हकमा भने कुनै सजायँ सुनाएको छैन।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : २७ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले