२९ बैशाख २०८२, सोमबार | May 13, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सव : विविध कार्यक्रम गरी मनाइँदै



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत शुक्रबारदेखि अतिरिक्त क्रियाकलाप सुरु भएको छ ।

पहिलो दिन आयोजित कविता बाचन प्रतियोगितामा सरिता बस्याल प्रथम हुन सफल भएकी छन् । यसैगरी विजय आचार्य द्वितीय, सुभद्रा अर्याल तृतीय तथा ज्योती पौडेलले सान्त्वमा स्थान हासिल गरिन् । अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्श, विभिन्न विभागमा कार्यतर स्वाथ्यकर्मी तथा कर्मचारीको सहभागितामा कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो ।

अस्पताल, स्वास्थ्य सेवा तथा सचेतना सम्बन्धी कविता बाचन प्रतियोगिामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले कविताको माध्यमबाट प्रतिभाहरुको पहिचान गर्ने अवसर समे प्राप्त भएको उल्लेख गरे ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अतिरिक्त क्रियाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने दाबी गरे । सधै सेवाग्राहीसँग व्यवस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको अतिरिक्त कार्यक्रमले उनीहरुलाई सेवाप्रति थप जिम्मेवार, प्रतिवद्ध र उर्जाशिल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

वार्षिकोत्सवको कार्यक्रम अन्तरगत शनिबार फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको खेलकुद संयोजक डा. रमेश अर्यालले जानकारी दिए ।

विभिन्न विभागका गरी ५ समूहले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । बुटवल-१२ रामनगस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा फुटबलसँगै भबिलसमेत अयोजना गरिएको संयोजक अर्यालले जानकारी दिए । यसैगरी खेल गतिविधि अन्तरगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ४८ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा