२९ भदौ २०८३, सोमबार | September 14, 2026

लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सव : विविध कार्यक्रम गरी मनाइँदै



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत शुक्रबारदेखि अतिरिक्त क्रियाकलाप सुरु भएको छ ।

पहिलो दिन आयोजित कविता बाचन प्रतियोगितामा सरिता बस्याल प्रथम हुन सफल भएकी छन् । यसैगरी विजय आचार्य द्वितीय, सुभद्रा अर्याल तृतीय तथा ज्योती पौडेलले सान्त्वमा स्थान हासिल गरिन् । अस्पतालमा कार्यरत चिकित्सक, स्टाफनर्श, विभिन्न विभागमा कार्यतर स्वाथ्यकर्मी तथा कर्मचारीको सहभागितामा कविता बाचन प्रतियोगिता सम्पन्न भएको हो ।

अस्पताल, स्वास्थ्य सेवा तथा सचेतना सम्बन्धी कविता बाचन प्रतियोगिामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले कविताको माध्यमबाट प्रतिभाहरुको पहिचान गर्ने अवसर समे प्राप्त भएको उल्लेख गरे ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अतिरिक्त क्रियाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने दाबी गरे । सधै सेवाग्राहीसँग व्यवस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको अतिरिक्त कार्यक्रमले उनीहरुलाई सेवाप्रति थप जिम्मेवार, प्रतिवद्ध र उर्जाशिल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

वार्षिकोत्सवको कार्यक्रम अन्तरगत शनिबार फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको खेलकुद संयोजक डा. रमेश अर्यालले जानकारी दिए ।

विभिन्न विभागका गरी ५ समूहले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । बुटवल-१२ रामनगस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा फुटबलसँगै भबिलसमेत अयोजना गरिएको संयोजक अर्यालले जानकारी दिए । यसैगरी खेल गतिविधि अन्तरगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ४८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ