३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने



काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

साथै, राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य तथा बिज्ञान विश्वबिधालय बिधेयक २०८०’ का सबन्धमा राष्टियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।

बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्याङकन बिधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नेछन् ।

सांसद प्रेम सुवालले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस भनी राख्नु भएको प्रस्तावलाइ निर्णयार्थ प्रस्तुन गरिने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यबिधि तथा बित्तिय उत्तर दायित्व (पहिलो संसोधन) अध्यादेश, २०८०’ लाइ स्विकृत गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजायँ (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : १३ बजे

जबजको वैचारिक विरासतले जनताको पक्षमा दृढ रहन प्रेरित गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको