४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध आज मुलपानी मैदानमा



काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुँदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि शुरु हुने छ । मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने तालिका क्यानले यस अघि नै सार्बजनिक गरेको छ ।

क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

त्यस्तै यस अघि नेपालसँग तीन खेलको सिरिज खेलेपछि लिग-२ को अभ्यासका लागि अहिलेसम्म नेपालमै रहेको छ र नेपाल ए सँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ०४ बजे

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका