४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपालले क्यानडालाई दियो दुई सय १७ रनको लक्ष्य



काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको हो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : १४ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको

नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज-पोखरा नियमित हवाई सेवा यही