१२ माघ २०८२, सोमबार | January 26, 2026

बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन् : सिबिफिन



 

काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा र विश्वसनीयतामा ठेस पुग्ने समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण गरेको छ।

मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्धमा विगत केही दिनदेखि केही व्यक्तिरसमूहबाट अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण भएको सिबिफिनले जनाएको छ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको सिबिफिनले उल्लेख गरेको छ। सिबिफिनले बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने गरेको पनि जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै पुँजी पर्याप्तता अनुपात, तरलता अनुपात, सीडी अनुपात, नगद सञ्चिति अनुपात लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने व्यवस्था छ रहेको सिबिफिनले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु। ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने व्यवस्था रहेको पनि उसले अवगत गराएको छ।

गत पुस मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको ११३।९३ प्रतिशत निक्षेप, कुल गार्हस्थ्य उत्पादनको ९४।४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा सञ्जाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको सिबिफिनले जनाएको छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : १६ बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल

अमेरिकामा भीषण आँधी : ११ हजार ४ सयभन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३