४ चैत्र २०८२, बुधबार | March 18, 2026

बैंक तथा वित्तीय संस्थाका सूचक स्वस्थ छन् : सिबिफिन



 

काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा र विश्वसनीयतामा ठेस पुग्ने समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण गरेको छ।

मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्धमा विगत केही दिनदेखि केही व्यक्तिरसमूहबाट अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण भएको सिबिफिनले जनाएको छ।

सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको सिबिफिनले उल्लेख गरेको छ। सिबिफिनले बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम सञ्चालन हुने गरेको पनि जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै पुँजी पर्याप्तता अनुपात, तरलता अनुपात, सीडी अनुपात, नगद सञ्चिति अनुपात लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुने व्यवस्था छ रहेको सिबिफिनले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु। ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको हुने व्यवस्था रहेको पनि उसले अवगत गराएको छ।

गत पुस मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको ११३।९३ प्रतिशत निक्षेप, कुल गार्हस्थ्य उत्पादनको ९४।४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा सञ्जाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सबल रहेको सिबिफिनले जनाएको छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : १६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन