४ पुस २०८२, शुक्रबार | December 19, 2025

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ



मोरङ । मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् ।

उनलाई अचेत अवस्थामा देखेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मिक्लाजुङ घर भएकी किशोरी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर किशोरीको उद्धार गरेको थियो । उद्धार गर्दै उनलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको पत्ता लागेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारपछि केही थाहा नपाउने अवस्थामा पुगेकी उनी गाईगोठमा पुगेकि थिइन् । त्यसअघि प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेको खुलेको छ । घटनामा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई पक्राउ गरिएको दाहालले बताए । गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक रहेको प्रहरीको भनाइ छ । किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ । उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन् । पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन ।

उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको दाहालले बताए । उनका अनुसार अहिलेसम्म घटनामा एकजनाको मात्रै संलग्नता देखिएको छ । अनुसन्धानबाट अरुको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । घटनासँग सम्बन्धित अरु विषय अनुसन्धानपछि यकिन हुने जानकारी दाहालले दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको