७ चैत्र २०८२, शनिबार | March 21, 2026

बुटवलको जुत्ता मेलाले तान्यो उपभोक्ताको ध्यान, सार्वजनिक बिदामा थप जुत्ता किन्नेको ताँती



बुटवल । बुटवलमा जारी जुत्ता मेलाले दिन बित्दै जाँदा उपभोक्ताहरुको ध्यान तान्न सफल हुँदै गएको छ । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा पछिल्ला दिनहरुमा उपभोक्ताको आकर्षण बढेको हो । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा दिनदिनै उपभोक्ताहरुको संख्या बण्दै गएको मेला आयोजकले जनाएको छ ।

सार्वजनिक विदाको समयमा किनमेल गर्नेहरुको संख्या बढेसँगै आयोजकहरु उत्साहित बनेका छन् । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजनामा जारी जुत्ता मेला तथा मोःमोः उत्सवमा युवा तथा विद्यार्थी, गृहीणी लगायत विभिन्न उमेर समूहका ग्राहकको अवलोकनसँगै किनमेलका लागि भीड बढेको छ ।

मेलामा सस्ता र राम्रा दुबै खलका जुत्ता पाइएको र आफुले एक जोर अफरको जुता किनेको मेला हेर्न मणिग्रामबाट आएका विद्यार्थी अशोक शर्माले बताउ । मेलामा ब्ल्याक हर्षको न्यु एराईवल जुत्ता हेरेका शर्माले नेपालमै बनेको येस्तो क्वालिटी देखेर आफू उत्साहित भएको र नेपाली ब्राण्डप्रती बिस्वास बढेको बताए । मेलामै भेटिएकी सुनवलकी दिपा थापाले धेरै सस्तोमा चप्पल पाएपछि पाँच जोडि किनेर फर्कँदै थिइन् ।

मेलामा नेपालका विभिन्न ९ वटा कम्पनीका नेपाली जुत्ता उत्पादनहरु विशेष छुटसहित विक्रीका लागि राखिएको छ ।

नेपाली जुत्ता घर बुटवलका संचालक तथा मेला संयोजक चोला प्रसाद पाठकले ग्राहकहरुको उपस्थिती र बिक्रि अनुपातबाट आफुहरु उत्साहित भएको बताए । आफुहरुले मेला पुरानालाई अफर दिने तथा नयाँ प्रोडक्ट लन्च गर्ने अवसरका रुपमा उपयोग गरेको बताउँदै उनले मेलालाई थप रौनकता प्रदान गर्न मोमो उत्सब मार्फत ११ वोटा मोमोका परिकार मेला परिसरमा राखिएको जानकारी बताए ।

फुटवेयर म्यानुफ्याक्चरर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले बुटवलमा एकवर्षअघि पहिलोपटक सामुहिक जुत्ता शोरुम सञ्चालनमा ल्याईएको र त्यस पश्यात एक वर्षको अवधिमा देशका १० स्थानमा समुहिक जुत्ता शोरुम स्थापना गर्न सफल भएको जानकारी दिए । उनले बुटवलको मेला नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र आफ्ना नयाँ उत्पादन उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेला सफल फलदायक हुने समेत दाबी गरे ।

बुटवलमा जारी जुत्ता मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि. को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि. को बि. एफ. डियर हिल, लालिगुँरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् ।

‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा जारी मेला फागुन ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढि प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको मेलामा नेपालीहरुको लोकप्रिय खाजा मोःमो का एक दर्जन स्वादका परिकारहरु राखिएको छ । मेला आवधिका बिचमा रास्ट्रिय तथा स्थानिय कलाकारहरुबाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखिने आयोजकको भनाई छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ३० बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा